१५ चैत्र २०८०, बिहीबार

सिड्नी प्रेमीका भेट्न पुगेका नेपाली युवाले प्रेमीकाकी साथीलाई बलात्कार गरे

Capture 32

प्रेमीका भेट्न अस्ट्रेलियाको सिड्नी पुगेका एक नेपाली युवाले आफ्नै प्रेमीकाको साथिलाई बलात्कार गरेका छन् । प्रेमीकाकी रुम पार्टनर १९ वर्षकी युवतीलाई ३६ वर्षका बलराम शिवले रक्सी खुवाएर बलात्कार गरेको आरोप लागेको छ । शिवमाथिको अभियोग अदालतमा सुनुवाइ सुरु भएको छ ।

सिड्नी मर्निङ हेराल्डका अनुसार सोमबार न्यू साउथ वेल्सको जिल्ला अदालतमा पेश गरिँदा बलरामले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

sydney nepalese rape case
तस्विर श्रोत: न्यू साउथ वेल्स पुलिस

अमेरिकामा बस्दै आएका शिव घटनाको एक हप्ता अघि प्रेमीकासँग सिड्नीमा बस्दै आएका थिए । घटना २०१७ जून १३ मा भएको थियो । सोमबारको सुनुवाईमा पहिले रेकर्ड गरिएको बयान देखाइएको थियो जसमा पीडित युवतीले आफूले शिवकी प्रेमीकालाई उनको स्वागत गर्नका लागि सहयोग गरेको बताएकी छन् ।

पीडित पक्षका वकिल लुई क्रिस्टफले अदालतमा सुनुवाइका क्रममा बताए अनुसार बलरामकी प्रेमीका घटनाको दिन पढ्नको लागि अर्को साथीकहाँ बसेकी थिइन् । प्रेमीका नभएको मौकामा शिवले पीडित युवती र अर्की एक साथीलाई आफूसँगै मदिरा पिउन आग्रह गरेका थिए ।

दुवै युवतीले उनको आग्रह स्वीकार गर्दै मदिरा पिउन थाले । मदिरा सिद्धिएपछि शिवले अर्को बोतल किनेर ल्याउन ट्याक्सी बोलाउन प्रस्ताव गरे । यसमा मदिराले मातिसकेका दुवै युवतीले सहमति जनाए । त्यसको केही समयमा मदिराले मातेकी पीडित युवती बाथरुम गएको बेला शिवले करणी गरे । अर्की युवती भने मातेर बेहोस भइसकेको पिडित युवतीका वकिलले जनाएका छन् ।

शिवका वकिल क्रिस्टोफर वाटसनले भने उनीहरुबीच सहमतिमै यौन सम्पर्क भएको बताएका छन् । ‘त्यहाँ जबरजस्ती केही पनि भएको थिएन, उनले उजुरीकर्तालाई केही पनि गर्न बाध्य पारेका थिएनन्’ वाटसनले भने ‘उजुरीकर्ताको स्वेच्छाले यौन सम्पर्क भएको थियो ।’ प्रोसिक्युटर क्रिस्टोफले भने पीडित युवती मातेको अवस्थामा भएकाले स्वेच्छाले यौनकार्यमा सहभागी हुने स्थितिमा नभएको दावी गरे ।

हाल उनीहरुको मुद्दामा सुनुवाइ भइरहेको जनाइएको छ ।