४ बैशाख २०८१, मंगलवार

पहिरोले सिद्धार्थ राजमार्ग भासियो

FB IMG 1596211214398

रातभरको वर्षाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको ठाउँठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

राजमार्गको पक्की सडक भासिने गरी तिनाउ–३, दोभान नजिकै पहिरो खस्दा यातायात अवरुद्ध भएको हो । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन वुटवल सडक खण्डका बिभिन्न स्थानहरुमा पहिरो जाने क्रम रोकिएको छैन ।

दोभान बजारदेखि ५ सय मिटर अगाडि नागमन्दिर नजिकै झण्डै ३ मिटर पक्की सडकको जग नै भासिने गरी पहिरो खसेको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारुले बताए ।

1596263116116778243 659688931299702 3458

सडक नै भासिनेगरि पहिरो गएपछी साना सवारीसाधन एकतर्फी रुपमा संचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सुचना जारी गर्दै । जोखिम बढेकोले सवारी साधनको आवागमनमा कठिनाई उत्पन्न भएको जनाएको छ । पहिरोले उक्त स्थानमा प्राविधिक टोलीबाट विकल्पको खोजीसहित सडक सुचारु गर्ने प्रयास समेत भै रहेको प्रशासनले जनाएको छ ।

माथिल्लो सिद्धबाबा नजिकको खोल्सामा पनि माथिल्लो भागबाट ठूला ढुंगा खसेको छ । चिडियाखोलातर्फ र दोभानतर्फबाट सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।

“भासिएको सडकमा सवारी साधनको आवागम जोखिमपूर्ण भएको अवस्थामा साना सवारी साधनलाई अवस्था हेरी एकतर्फी संचालन गरिएको छ । नागरिकको सुरक्षाको कारणले हाललाई ठुला सबारी साधनहरुको आवागमन नगर्नु हुन अनुरोध गरिन्छ” प्रशासनको सुचनामा उल्लेख छ ।

तिनाउ गाउँपालिका–३, झुम्सा पानीमिल, दोभानको नाग मन्दिर र माथिल्लो सिद्धबाबा नजिक पहिरो खसेको र पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । पहिरो पन्छाउने क्रम जारी रहे पनि वर्षा नरोकिएकाले समस्या भएको छ ।

thumb

सडकमा पहिरो खसेपछि पाल्पाबाट बुटवल साथै बुटवलबाट पाल्पा स्याङ्जा, गुल्मी, कास्की, बागलुङ, पर्वत र म्याग्दीतर्फ हिँडेबम सवारी साधनहरु बाटोमै रोकिएका छन् ।

दिनहुुँजसो अबरुद्ध भैरहने सिद्धार्थ राजमार्ग को बुटवल पाल्पा सडक खण्डको गौडेपुल देखि तल्लो सिद्धबाबा मन्दिर सम्म दर्जन भन्दा धेरै स्थानमा ढुङ्गासहितको पहिरो खस्दा राजमार्गमा यात्रा निकै कष्टपुर्ण बनेको छ । सडक डिभिजनको समन्वयमा पहिरो खुलाउन प्रयास गरिएको प्रहरीले जनाएको छ । वर्षासँगै खसेको पहिरोले ग्रामीण सडकहरू पनि अवरूद्ध भएका छन् ।

पाल्पा प्रशासनले राजमार्गमा यात्रा गर्न जोखिम बढेकाले पाल्पा – बुटवल सडक खण्डमा रातको ८ देखि बिहान ६ बजे सम्म सवारी आवागमनमा रोक लगाइएको छ ।