८ बैशाख २०८१, शनिबार

काठमाडौंमा मास्क नलागाई हिँडे रु १०० जरिवाना, मास्क नलगाउने २ लाख व्यक्तीलाई कारबाही

coronavirus

काठमाडौं उपत्यकामा मास्क नलगाई हिडेमा एक सय रुपैयाँ जरिवाना गराउन थालिएको छ।

मास्क नलगाई हिँडेको पाइएमा संक्रमण रोग ऐन २०२० को दफा ९२० बमोजिम एक सय जरिवाना लिन थालिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसिद नै छपेर जरिवाना लिन थालेको हो ।

यसरी कारवाही गर्दा हालसम्म एक हजार पत्र रसिद सकिसकेको छ भने अर्को हजारप्रति रसिद प्रहरीलाई दिइ सकिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

रसिदको नमूना भक्तपुर र ललितपुर पनि पठाई सकिएको छ र उक्त शहरहरुमा पनि कारवाही चाँडै शुरु हुनेछ ।

सर्वसाधारणमा लापरवाही धेरै बढ्न थालेपछी रसिद नै छापेर कारबाही गर्न थालिएको छ । सर्वसाधारणले अझै लापरबाही गरे संक्रमण रोग ऐन २०२० अनुसार कैद समेत गर्न सकिने व्यवस्था समेत छ ।

२ लाख व्यक्तीलाई कारबाही

सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि बाटोमा हिड्दा मास्क अनिवार्य लगाउन अनुरोध गर्दा-गर्दै पनि अटेरी गर्ने  २ लाख जनालाई कारबाही गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबारसम्म मास्क प्रयोग नगर्ने २ लाख जनालाई कारबाही गरिएको जानकारी दिए।

सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि बाँहिर हिँडडुल गर्ने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने नियम लगाएको छ। यसरी नियन उल्लघंन गरी मास्कको प्रयोग नगर्नेलाई एक सय रुपैंया जरिवाना लिने गरिएको छ।

मन्त्रालयले फेरि पनि मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ।

मन्त्रालयले काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँहरूमा आमसभा भएको भन्दै त्यस्ता गतिविधि नगर्न सबै राजनीतिक दलहरूलाई अपिल गरेको छ।