१३ बैशाख २०८१, बिहीबार

काठमाडौंमा सुन र पेस्तोल फालेर भाग्‍ने तीनजना नवलपरासीमा पक्राउ

Sun baramd Gold 5 1024x576 1

काठमाडौंको कमलादीमा ५ सय ग्राम सुनसहित १५ किलो पहेँलाे धातु र २ पेस्तोल छाडेर भागेकामध्ये तीनजना पक्राउ परेका छन्।

तीनैजना पूर्वी-नवलरपासीबाट पक्राउ परेका हुन् । प्रहरी उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा बा.६ च ५५१९ नम्बरको गाडीबाट सुन र पेस्तोल भएको झोला फाल्ने तीनजना छन् । उनीहरु (तीनजना) सँगै एकजना ट्याक्सी चालक पनि पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार ट्याक्सी चालक भने उपत्यका बाहिरबाट बिरामी लिएर काठमाडौं आएको र फर्किने क्रममा उनीहरुलाई भाडामा लगेको खुलेको छ । उनीहरु पूर्व नवलपरासीबाट भारततर्फ भाग्ने योजनामा थिए । पक्राउ परेका सबैलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

याे पनि: राजधानीमै १५ केजी ‘सुन’को झोला फ्याँकेर प्रहरीको घेराबाट कसरी उम्कियो गाडी ?