११ बैशाख २०८१, मंगलवार

कोरोना संक्रमितको शव व्यवस्थापनमा खटेका १० सैनिकमा काेराेना पुष्टि

1593065330armysalute
फाइल फोटो

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खतिएका महोत्तरी नभुमी गण प्रकौली ब्यारेकका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरुलाई नेपाली सेनाकै बर्दिवास स्थित किशान गंजको आईसोलेसनमा पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालाले जानकारी दिए।

संक्रमित सबै पहिला देखिनै आइसोलेटेड रहेका थिए। चार दिन पहिले करिब २२ जना नेपाली सेनाको स्वाब संकलन गरेर जाँच गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रमुख जिल्ला अधिकारी कटवालले भने ‘शव व्यवस्थापनमा खटिएका सेनाहरु पहिलेदेखि नै आइसाेलेशनमा बस्दै आएकाले ब्यारेकलाई शिल गरिएको छैन’ ।