१४ बैशाख २०८१, शुक्रबार

गुगलका कर्मचारीहरु सन २०२१ को अन्त्य सम्म घरबाटै काम गर्न पाउने

googlehq

वॉल स्ट्रीट जर्नलले जनाए अनुसार गुगलले आफ्ना कर्मचारीलाई घर बाट काम गर्ने नीति जून २०२१ सम्म विस्तार गर्दैछ। गुगलले कर्मचारीहरूलाई जुलाई ६ मा अफिस फर्कन भनेको थियो तर त्यो मिति सेप्टेम्बरमा धकेलियो।

गुगलका सीईओ सुन्दर पिचाईले यो निर्णय आंशिक वा भर्चुअल स्कूलमा पढ्ने बच्चाहरुको अभिभावकहरूलाई मद्दत होस भनेर लिइएको बताइएको छ ।

अन्य टेक कम्पनीहरूले २०२० को अन्त्य अथवा २०१२१ को शुरु तिर अफिस खुल्ला हुने भनेका छन जसमा गुगल सबै भन्दा ढिला अफिस खोल्नेमा पर्नेछ । ट्वीटरले भने कामदारहरूलाई घरबाट स्थायी रूपमा काम गर्न सक्ने बताएको छ।