१३ बैशाख २०८१, बिहीबार

चेल्सी र म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

man utd chelsea

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट भएका छन् ।

गएराति लिग चरणको अन्तिम चरणको खेलमा जित दर्ता गर्दै चेल्सी र म्यानचेस्टर युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने भएका हुन् ।

चेल्सीले उल्भ्स र म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई समान २(० गोल अन्तरले हराएर यस सिजनको शीर्ष चारमा पर्न सफल भएका छन् । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा छनोट हुन दुबै टिमलाई जित्नुपर्ने दबाब थियो ।

च्याम्पियन्स लिगको दौडमै रहेको लेस्टर सिटीलाई २-० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले अंक तालिकाको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भयो । अर्को खेलमा चेल्सीले वल्भ्समाथि २-० को सहज जित दर्ता गर्दै चौथो स्थान हासिल गर्यो । युनाइटेड र चेल्सीले समान ६६ अंक जोड्दा लेस्टर ६२ अंकसहित पाँचौ स्थानमा रहयो ।

Chelsea Giroud 1024x634 1

लिगको उपाधि यसअघि नै लिभरपुलले जितिसकेको थियो । म्यानचेस्टर सिटी ८१ अङ्कसहित दोस्रो स्थानमा छ ।

युनाइटेडको जितमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलमा अग्रता लिएको युनाइटेडका लागि जेसी लिंगार्डले इन्ज्युरी समयमा गोल गर्दै जित पक्का गरेका थिए । लेस्टरका डिफेन्डर जोनी एभान्सले इन्ज्युरी समयमा रातो कार्ड खाएपछि घरेलु टोली १० खेलाडीमा सिमित भएको थियो ।

चेल्सीको जितमा भने दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । मेसन माउन्टले सिधै फ्रिकिकमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफकै इन्ज्युरी समयमा ओलिभिएर जिरुडले गोल गर्दै चेल्सीलाई जिततर्फ अग्रसर गराएका थिए ।

यस्तै प्रिमियर लिग अन्तर्गत गएराति नै भएको आफ्नो अन्तिम खेलमा आर्सनलले जित निकालेको छ । आर्सनलले वाट्फोर्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । अर्को खेलमा टोटेनहमले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेलेको छ ।

अंक तालिकाको तल्लो भागमा भने वाटफर्ड र बर्नमाउथ पुछारको तीन स्थानमा रहँदै नर्विचसँगै रेलिगेसनमा परे । बर्नमाउथले एभर्टनको मैदानमा ३-१ को जित दर्ता गरेपनि शीर्ष श्रेणीमा बच्न सकेन । एस्टन भिल्ला र वेस्ट ह्यामको खेल १-१ को बराबरीमा सकिँदा भिल्ला रेलिगेसन क्षेत्रबाट माथि रहन सफल भयो । वाटफर्ड भने आर्सनलसँग ३-२ को हारसँगै पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेसनमा पर्यो ।

1259082838.jpg.0

वाटफर्ड र बर्नमाउथ समान ३४ अंकसहित रेलिगेसनमा पर्दा ३५ अंक जोडेको एस्टन भिल्ला प्रिमियर लिगमा बच्न सफल भयो । यसअघि नै रेलिगेसनमा परेको पुछारको नर्विचले २१ अंकमात्र जोड्न सक्यो । अन्तिम खेलमा नर्विच म्यानचेस्टर सिटीसँग ५-० ले पराजित भयो । उपविजेता सिटीले ८१ अंक जोड्यो ।

दिनकै अर्को खेलमा टोटेनहम हट्सपरले क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेलेपछि वल्भ्स अंक तालिकाको सातौं स्थानमा पुगेको छ । ह्यारी केनको गोलमा अग्रता लिएको टोटेनहमले बराबरीका बाबजुद युरोपा लिगमा स्थान पक्का गरेको छ । जेफ्री स्लपले खेल बराबरीमा ल्याएपनि टोटेनहम छैटौं स्थानमा रहन सफल भयो । टोटेनहम र वल्भ्सको समान ५९ अंक भएपनि गोलअन्तरमा टोटेनहम अगाडी छ ।

च्याम्पियन लिभरपुलले अन्तिम खेलमा न्युकासल युनाइटेडमाथि ३-१ को जित दर्ता गर्यो । पहिलो हाफमा ड्वाइट गेलले न्युकासललाई अग्रता दिलाएपनि भर्जिल भान डाइकले ३८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफमा डिभोक ओरिगी र सादियो मानेको गोलमा लिभरपुलले जित दर्ता गर्यो । लिभरपुलले कुल ९९ अंक जोड्दै क्लब कीर्तिमान बनाउन सफल रहयो ।

अन्य खेलमा ब्राइटनले बर्नलीमाथि २-१ को जित दर्ता गर्यो । ब्राइटन ४१ अंकसहित १५ औं स्थानमा रहँदा बर्नली ५४ अंकसहित १० औं स्थानमा रहयो । साउथह्याम्पटनले सेफिल्ड युनाइटेडलाई ३-१ ले पराजित गर्यो । सेफिल्ड ५४ अंकसहित नवौं स्थानमा रहँदा ५२ अंक जोडेको साउथह्याम्पटन ११ औं भयो ।

    सम्बन्धित समाचार...