१६ चैत्र २०८०, शुक्रबार

प्रेमिका बलात्कार गरेको अभियोगमा युवक पक्राउ

Rape 2

प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् ।

महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार परिवारले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो ।

शर्माका अनुसार घटना १२ असारको हो । कार्की परिवारले भने पीडित भनिएकी किशोरी उनको प्रेमिका भएको जनाएको छ । फेसबुकबाट भएको चिनजान बढ्दै जाँदा शारीरिक सम्बन्ध पनि भएको कार्कीको भनाइ छ ।

तर, सहमतिमै भए पनि १८ वर्षमुनि भएको शारीरिक सम्बन्धलाई कानूनले अपराध मानेको छ । त्यसैले मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

बलात्कार गरेको अभियोगमा थप दुईजना पक्राउ

रोल्पा, ५७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा नगरपालिका-१ खेवासे बस्ने ३६ वर्षीय शेर बहादुर पुनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पुनले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रुकुम (पूर्व), २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिस्ने गाउँपालिका-८ स्यालापाखा बस्ने २४ वर्षीय देविलाल परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । परियारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।