१३ बैशाख २०८१, बिहीबार

कोरोनाले गर्दा १७ वर्षियाले गुमाईन ज्यान, थपिए १०९ सङ्क्रमित

chitwan corona death 2
सांकेतिक तस्विर

बारामा कोरोना संक्रमणको कारण परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया युवती ले ज्यान गुमाएकी छिन् ।

नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भिर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याईएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । बिहिबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको हो ।

उनमा पखाला लाग्ने, जिउ काम्ने का साथसाथै श्वासप्रश्वास सम्बन्धी समस्या समेत रहेको जनाइएको छ।

नेपालमा आज (शनिबार) ४,०७५ पिसिआर टेस्ट भएकोमा थप १०९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ५,३८५ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको छ । हाल क्वारेन्टाइनमा १८,१८३ जना रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०६ जना र आज सम्म १३,०५३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

हालसम्म मृतक ४५ जनामा काेराेना पुष्टि भएकाे छ।