१६ चैत्र २०८०, शुक्रबार

बक्राहा खोलाको बाँध फुट्यो, मोरङका चार सय घर डुबानमा

14442757 332931180378612 1056075372 n

मोरङको पूर्वी क्षेत्रस्थित सुनवर्षी नगरपालिकाको वरङ्गामा बक्राहा खोलाको बाँध फुटेर बस्तीमा बाढी पसेको छ ।

बाँध फुटेर वस्तीमा पस्दा मोरङको हसन्दह गाविसको वडा ३ र ५ का पाँचसय भन्दबढी घर डुवानमा परेका छन । हजारौ विघा धान खेत बगरमा परिणत भएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार सुनवर्षी नगरपालिका–७ हुँदै बगेको बक्राहा खोलाले सोमबार बेलुका करिब १५ मिटर बाँध फुटाएको हो ।

दिउँसोबाट खोलामा पानीको बहाव बढ्दो जानकारी पाएसँगै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिए पनि बेलुका बाँध फुटेको उनले बताए । सुनवर्षीको वरङ्गाबाट पश्चिम चैता र मल्धैयाको बिचमा पर्ने बाँध फुटेको हो ।

हसन्दह ३ को जयनगरवाट बाँध फुटेर खोलो वस्तीमा छिरेको प्रहरीले जनाएको छ । बाढी वस्तीमा पसेपछि अलपत्र परेका जयनगरका एक दर्जन परिवारलाई प्रहरीले उद्धार गरेको छ । 

बाढीले हसन्दह ३ को जयनगरमा डेढसय मिटर भन्दबढी बाँध फुटाएपछि खोलो वस्ती तर्फ पसेको स्थानीय केदार थापाले वताए । उनका अनुसार वडा नं ३ का मात्र तिनसय भन्दबढी घर डुवानमा परेका छन । वडा नंम्बर ५ मा पर्ने सुँगा बजारमा बाढीको पानी ५ फिट भन्दाबढी जमेको छ । स्थानीय सुंगा प्राविमा बाढी पिडित २० परिवारले आश्रय लिएका छन । थापाका अनुसार बाँध फुटेर पानी वस्तीमा छिरेपछि मुल खोलामा पानी नै छैन ।

खोला बस्तीमा पस्दा मल्धैयाका चार परिवार विस्थापित भएको सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासले जानकारी दिए ।

वस्तीमा खोलो पसेपछि दुई तले घर भएका अधिकाँश परिवार घरको माथिल्लो तलामा वसेका छन भने भुईतले घर भएका परिवार सुरक्षीत स्थलमा सरेको थापाले वताए । हसन्दहको जयनगरवाट पसेको वक्राहाको बाढीले अमरदह २ सुंगाका २० घर डुवानमा परेका छन ।

बाढीका कारण स्थानीय सतारु ऋषिदेव, लक्ष्मण ऋषिदेव, विलाश ऋषिदेव र बरुण ऋषिदेवको घरमा क्षति पुगेको छ । बाँध फुटेपछि हाल सो क्षेत्रमा बसोबास गर्दै आएका करिब १५० सुकुम्बासी परिवार जोखिममा रहेको उनले बताए ।

हाल खोलामा पानी बहाव कम भएको छ । अस्थायी बाँध बनाएर खोलालाई पुरानै धारामा बगाउने प्रयास भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखना दाहालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय पथरीका निरिक्षक रमेश वस्नेतका अनुसार जयनगरमा बक्रहा खोलाको बाँध फुटेर ८० प्रतिशत पानी वस्तीमा छिर्दा हसन्दह, अमरदह, गाविन्दपुर र डाईनियाका सयौ घर डुवानमा परेका हुन । बाढी सवै वस्तीमा छिरेको छ । वस्नेतले भने तर त्यहा मानविय क्षति भएको छैन ।  

त्यसैगरी मधुमल्लाको बेतेनीमा बक्रहाकै अस्थानी बाँध फुटेर पानी वस्तीमा पस्दा मधुमल्ला ५ का ६० घर डुवानमा परेका छन । उनीहरु सवैलाई सुरक्षा निकाय र स्थानीयवासीले सुरक्षीत स्थलमा सारिएको प्रहरी चौकी मधुमल्लाका प्रहरी नायव निरिक्षक यदुकुमार खड्काले वताए । असारको पहिलो साता आएको बाढीले पनि वेतेनीमा बाँध फुटाएर ३९ घर विस्थापीत भएका थिए । त्यसपछि निर्माण गरिएको अस्थायी बाँध शनिवार पुन फुटेको हो ।

    सम्बन्धित समाचार...