३१ भाद्र २०८२, मंगलवार

सार्वजनिक भए प्रचण्ड, पार्टी मुख्यालय पेरिसडाँडामा पुगे

Prachanda

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल एक सातापछि सार्वजनिक भएका छन् । जेन–जी आन्दोलनको क्रममा भदो २४ गते विहानबाट सेनाको उच्च सुरक्षा घेरामा रहेका दाहाल हिजोबाट पार्टी पँक्तिको सम्पर्कमा पुगेका हुन् । त्यसको भोलिपल्ट आज उनी पार्टी मुख्यालय पेरिसडाँडामा पुगेका हुन् ।

जेन–जी आन्दोलनको क्रममा माओवादी केन्द्रको मुख्यालय तोडफोन र आगजनीको कारण ध्वस्त भएको छ । दाहाल आजबाट पार्टीको जिम्मेवारीमा सक्रिय भएको उनको सचिवालयले जनाएको थियो । लगत्तै उनी पेरिसडाँडा पुगेका हुन् । दाहाललाई वाईसिएलका नेताहरु र युवाहरुको ठूलो पँक्तिले स्वागत गरेको थियो ।

एमाले नेताहरु हिजो नै पार्टी मुख्यालय च्यासल पुगेका थिए । माधवकुमार नेपालपनि आफ्नो पार्टी कार्यालय र निजी घरको अवलोकनमा पुगेका थिए । कांग्रेस महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा त आइतबार नै पार्टी मुख्यालय सानेपा पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली अझै सेनाको सुरक्षामा रहेको बताईन्छ । उनले अझै एक÷दुई दिन सेनाको सुरक्षा घेराभित्रै रहने चाहना राखेको सूचना सार्वजनिक भएका छन् ।

    सम्बन्धित समाचार...