२९ भाद्र २०८२, आईतवार

तीन मन्त्री नियुक्त, भोलि शपथ

rameshwor kulman om prakash

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ ।

कार्कीले आइतबार ढिलो गरी अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृह र कानुनमन्त्रालयमा ओमप्रकाश अर्याल र घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयमा कुलमान घिसिङ टुंगो लगाएसँगै उनीहरुको नाम राष्ट्रपतिको कार्यालय पठाएकी छन् ।

शुक्रबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री चयन भएकी थिइन् । उनले आज जेनजीसहितको टीममा छलफल गरेर मन्त्री सिफारिस गरेसँगै राष्ट्रपतिले नियुक्त गरेका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलले तीन मन्त्रीको नियुक्ति भएको र शपथ सोमबार हुने जानकारी दिए ।

खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका छन् । उनी पूर्वसचिव पनि हुन् ।

अर्याल कानुन व्यवसायी हुन् । यसअघि विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनका कारण उनी चर्चामा थिए । पछिल्लो समय भने उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका थिए ।

घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन् । उनी केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा बर्खास्तीमा परेका थिए ।

शुक्रबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री चयन भएकी थिइन् । उनले आज जेनजीसहितको टीममा छलफल गरेर मन्त्री सिफारिस गरेसँगै राष्ट्रपतिले नियुक्त गरेका हुन् । 

    सम्बन्धित समाचार...