२९ भाद्र २०८२, आईतवार

रविले गल्तीमाथि गल्ती गरेको र बोझ सबैले बोक्नुपरेको भन्दै सुमनाले छाडिन रास्वपा

rabi sumana

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृत्व एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । उनले आज (आइतबार) पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै उनले गल्तीमाथि गल्ती गरिराखेको र त्यसको बोझ सबैले बोकिदिनुपरेको भन्दै उनले पार्टी परित्याग गरेकी हुन् ।

‘कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । आई क्विट । मैले पार्टी छोडेँ,’– उनले भनेकी छन् ।

यसो त हिजो (शनिबार) एक भिडिओ सन्देश जारी गरेका रास्वपा सभापति लामिछानेले सुमनाले पार्टी छाड्न लागेको संकेत गरेका थिए । उनले भिडिओ सन्देशमार्फत भनेका थिए, ‘आफ्नै पार्टी परिवारभित्रका साथीहरु मेरो कहीँकतै गुनासो छैन । म सबै साथीहरुको स्वतन्त्रताको सम्मान गर्छु । तपाईँहरुलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईँहरुको यात्राको बाधक बन्दैन । रास्वपा कुनै पनि साथीहरुको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने पनि म त्यसमै खुसी छु ।’

नेतृ श्रेष्ठले पार्टी परित्याग गर्दै कांग्रेस–एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई पनि आफ्ना नेताहरुलाई पुजा गर्न बन्द गर्न पनि उनले सुझाव दिएकी छन् । गलत गर्ने नेतालाई कि हटाउन वा आफैं हट्न उनको सुझाव रहेको छ ।

    सम्बन्धित समाचार...