२९ भाद्र २०८२, आईतवार

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन–जी आन्दोलनमा मारिएकाहरु शहीद घोषणा, जनही १० लाख क्षतिपूर्ति

sushila

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले पहिलो निर्णय जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने र जनही १० लाख क्षतिपूर्ति दिने निर्णय गरेकी छिन् ।

प्रधानमन्त्री नियुक्त भएपछि आज पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले पहिलो यही निर्णयमा हस्ताक्षर गरेकी हुन् । यस्तै, आन्दोलनमा घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।