फाइल फोटो
काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी छन् । पूर्व शिक्षा मन्त्री श्रेष्ठले आज (आइतबार) रास्वपा छाडेको औपचारिक घोषणा गरेकी हुन् ।
पार्टीकी सह-मामन्त्री रहेकी श्रेष्ठले करिब तीन महिना अगाडि नै पदबाट राजीनामा दिएकी थिइन्।
सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिँदा शीतल निवास पुगेकी उनी मन्त्री बन्ने चर्चा चलेको थियो ।
तर उनी आफैंले भने मन्त्री नहुने बताएकी छन् । रास्वपाकी समानुपातिक सांसद उनी यसअघि शिक्षा मन्त्री भइसकेकी छन् ।
रास्वपामा पार्टी सभापति रवि लामिछाने र पूर्व मन्त्री श्रेष्ठबीच टकराव रहेको थियो ।