
यही भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप ४ जनाको पनि मुत्यु भएको हो । आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको हो ।
जेन-जी तर्फ २१, कैदी ९ जना, नेपाल प्रहरीका सहायक निरीक्षकसहित ३ जनाको आन्दोलनको क्रममा मृत्यु भएको छ । आन्दोलनका क्रममा १८ जनाको भने आगलागीमा परेर, करेन्ट लागेर मृत्यु भएको हो ।
आन्दोलनमा एक हजार भन्दा धेरै घाइते भएका छन । कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ ।
जेन-जी आन्दोलनका क्रममा चितवनमा आगजनीमा परेर एकजना भारतीय नागरिकको पनि मृत्यु भएको छ ।