
फाइल फोटो
काठमाडौं । छिमेकी मुलुक भारतले नेपालमा पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको स्वागत गरेको छ । भारतको विदेश मन्त्रालयले प्रधानमन्त्रीको रुपमा नेपालमा सुशिला कार्कीले शपथ लिएकै दिन एक विज्ञप्ती जारी गर्दै यो अन्तरिम सरकार गठनलाई स्वागत गरेको हो ।
साथै, प्रधानमन्त्री कार्की नेतृत्वमा अन्तरिम सरकार गठनले नेपालमा शान्ति र स्थायित्वलाई बढावा दिने भारतको आशा छ । नेपालको नजिकको मित्र, लोकतन्त्रको हिमायती हुनुको नाता र लामो समयदेखि नेपालको विकास साझेदार भएकोले भारतले नेपालसँग घनिष्ठ रुपमा दुई देशका जनतामा राम्रो र समृद्धि ल्याउनेगरि निरन्तर काम गर्न चाहेको पनि उसले भनेको छ ।