
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेन-जीहरुको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका छन् । उनले जेनजीहरुको योगदान अमूल्य रहेको पनि उल्लेख गरेका छन् ।
नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपयिनताको शपथ लिएपछि मेयर शाहले यस्तो लेखेका हुन् । उनल जेनजीको योगदानले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्ने विश्वास लिएका छन् ।
उनले फेशबुकमार्फत लेखेका छन्-
प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।
वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।