२७ भाद्र २०८२, शुक्रबार

मुलुकको ४२ औं प्रधानमन्त्रीका रुपमा कार्कीले लिईन् पद तथा गोपनीयताको शपथ

hhhh

काठमाडौं । नेपालको ४२ औं प्रधानमन्त्रीका रुपमा नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

आन्दोलनपछि जेन–जी प्रतिनिधिहरुलाई कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको थियो । सोही सिफारिसबमोजिम राष्ट्रपति पौडेलले कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री कार्की सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीशसमेत हुन् ।

आज प्रधानमन्त्रीसहित केही मन्त्रीको शपथ गर्ने तयारी थियो । तर, अन्तिम समयमा स्थगित गरियो । सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै राखिएको छ ।

यस्तै, आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ।