
फाइल फोटो
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई ‘विडम्बनापूर्ण’ भनेका छन् ।
शीतलनिवासमा भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सरकार प्रमुख बनाउने र उनले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटेको समाचार सार्वजनिक भएपछि पोखरेलले आपत्ति जनाएका हुन् ।
उनका अनुसार विगतमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै अदालत धाउने र फैसला सुनाउनेहरू नै अहिले स्वयम् विघटनतर्फ उन्मुख हुनु नै विरोधाभासपूर्ण विषय हो।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, “विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक ठहर गर्नेहरू अहिले स्वयम् विघटनमा अग्रसर हुनु विडम्बनापूर्ण छ । त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।”