२७ भाद्र २०८२, शुक्रबार

धरानको भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला

546595921 829058589446086 7154826419087448274 n

धरान उपमहानगरपालिका १० स्थित पुतली लाइनमा रहेको भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला परेको छ ।

आज शुक्रबार धरानका जनप्रतिनिधि र सुरक्षकर्मीले घट्नाको निरीक्षण गर्ने क्रममा भाटभटेनीको दोस्रो तलामा जलेर खरानी भएको अवस्थामा एउटा शव फेला परेको हो । आगोले शव जलेर शरीरको केही अवशेष मात्रै थियो । उक्त अवशेषलाई प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टम गर्न लगेको प्रहरीले जनाएको छ ।

जेन–जी आन्दोलन को दोस्रो दिन मंगलबार अराजक समूहले भाटभटेनीमा तोडफोड, लुटपाट गरी आगजनी गरेका थिए ।
भाटभटेनीमा लागेको आगो बिहिबार बेलुका मात्र नियन्त्रणमा आएको थियो तर चौथो तलामा पुनः आगो सल्केको देखिएपछि अहिले फेरि धरानको दुई वटा दमकलले निभाउने प्रयास गरिरहेको छ ।

    सम्बन्धित समाचार...