२७ भाद्र २०८२, शुक्रबार

 एशिया कपमा बंगलादेशको विजयी शुरुवात

banglades

काठमाडौँ । बंगलादेशले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले हङकङलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

हङकङले दिएको १४४ रनको लक्ष्य पछाएको बंगलादेशले १७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बंगलादेशका लागि कप्तान लिटन दासले ५९ रन बनाए भने टोवहिद हृदोयले ३५ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो । हङकङका लागि निजकत खानले सर्बाधिक ४२ रन बनाएका थिए भने जीशान अलीले ३० र कप्तान यसिम मुर्तजाले २८ रन बनाएका थिए । त्यसैगरी बंगलादेशका बलर तस्किन अहमद, तानजिन हसन सकिब र रिशाद होसैनले २-२ विकेट लिएका थिए ।

यो जितपछि समुह बी मा रहेको बंगलादेशको २ अंक भएको छ भने हङकङले भने लगातार दोस्रो हार बेहोरेको छ ।

अब आज एशिया कप अन्तर्गत ओमान र पाकिस्तानबीच खेल हुदैछ ।

    सम्बन्धित समाचार...