११ कार्तिक २०८२, सोमबार

बालेन प्रति हर्क साम्पाङको तिखो कटाक्ष,भने– डरपोक !

Balen shah Harkaraj sampang

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)प्रति तिखो कटाक्ष गरेका छन् । बिहीबार (भदौ २५) सामाजिक सञ्जालमार्फत उनले बालेन संकटको बेलामा लुकेको टिप्पणी गरेका हुन् ।

बालेनलाई जिम्मा लगाइएको अभिमत उनले अरूलाई दिएको हर्कले उल्लेख गरेका छन् । हर्कले फेसबुकमा पोस्ट गरेको स्टाटसमा बालेनको नाम भने उल्लेख गरेका छैनन् ।

अरूले काँधमा बोकिदिओस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेका कारण देशले निकास र विकास नपाएको उनको भनाइ छ ।

“संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफूलाई जिम्मा लगाएको अभिमत अरूलाई दिई पठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरूले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास !,” हर्कले लेखेका छन् ।

बुधबार (भदौ २५) हर्कले अन्तरिम सरकारको प्रमुखका विषयमा जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसित भेटवार्ता गरेका थिए । अन्तरिम सरकारको प्रमुख बन्ने उनको प्रयास जारी छ ।

उनीसहितको प्रयासतर्फ संकेत गर्दै बुधबारै बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, “…अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईंहरूको जोस, तपाईंहरूको सोच, तपाईंहरूको इमानदारिता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन । त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नुहोला ।”

‘जेनजी’को प्रदर्शनसँगै उत्पन्न परिस्थितिका कारण मुलुक यति बेला सरकारविहीनताको अवस्थामा छ ।

image

    सम्बन्धित समाचार...