११ कार्तिक २०८२, सोमबार

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० गतेसम्म बन्द

TU

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कात्तिक १० गतेसम्म बन्द हुने भएको छ । त्रिभुवन विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखाले कात्तिक ११ गतेबाट मात्रै पठनपाठन सुरु हुने जनाएको छ ।

“मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कात्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ,” त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “नियमित पठनपाठन कात्तिक ११ गतेदेखि सञ्चालन हुनेछ ।”

545821659 1244984927642232 6135881210839125877 n

    सम्बन्धित समाचार...