२९ भाद्र २०८२, आईतवार

मेयर बालेन भन्छन्- संसद् विघटन गर्नु जरुरी छ

balen.jpg 8
फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजी तथा सम्पूर्ण नेपाली नागरिकलाई शान्त र धैर्यतापूर्वक अघि बढ्न आह्वान गरेका छन्।

उनले मुलुक अहिले इतिहासमै नभएको फरक परिस्थितिबाट गुज्रिरहेको छ र यो घडीलाई सुनौलो भविष्यतर्फको अवसरको रूपमा लिनुपर्ने बेला आएको बताएका छन् ।

मेयर बालेनले भनेका छन्, “कृपया नआत्तिनु होला, धैर्य राख्नु होला। देश अब अन्तरिम सरकारतर्फ जाँदैछ, जसको मुख्य दायित्व नयाँ निर्वाचन गराउनु र मुलुकलाई ताजा जनादेश दिलाउनु हो।”

शाहले अन्तरिम / चुनावी सरकारको नेतृत्वका लागि जेन–जी पुस्ताले अगाडि सारेका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नामप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्। उनले भने, “तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु। यसले नै तपाईँहरूको परिपक्वता देखाएको छ।”

साथै, तत्कालै नेतृत्वमा आउन चाहने युवाहरूप्रति उनले संयम अपनाउन आग्रह गरेका छन्। उनका अनुसार युवाहरूको जोश, सोच र इमानदारीता अस्थायी हैन, स्थायी रूपमा मुलुकलाई आवश्यक छ, जसको लागि निर्वाचन नै अन्तिम बाटो हो।

शाहले राष्ट्रपति समक्ष पनि प्रत्यक्ष आग्रह गरेका छन्। उनले भने, “सम्माननीय राष्ट्रपति ज्यु, जेनजी हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न तत्काल अन्तरिम सरकार गठन र संसद् विघटन गर्नु जरुरी छ।”

    सम्बन्धित समाचार...