
काठमाडौं । नेपालको पछिल्लो विकसित घटनापछि चीनले पनि वक्तव्य जारी गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीन र नेपाल परम्परागत मित्र र छिमेकी मुलुक भएको पनि बताएकी छिन् ।
प्रवक्ता माओले भनेकी छिन्, ‘आशा छ कि नेपालका विभिन्न क्षेत्रले आन्तरिक समस्याहरूलाई सही तरिकाले समाधान गर्नेछन् र चाँडै देशमा व्यवस्था र स्थिरता फर्काउनेछन्।’
सोमबार र मंगलबारको जेन-जी समूहको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी समूहलाई वार्ताका लागि बोलाएका छन् ।
जेन-जी समूह राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ताका लागि प्रतिनिधि चयन गर्ने क्रममा छ ।