
आज मिति २०८२ भदौ ४ गते बुधबार । सन् २०२५ अगस्त २० तारिख । नेपाल सम्बत ११४५ गुंलागा द्वादशी तिथि । आज बिहान ५ बजेर ३७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ३९ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सानातिना काममा आजको समय व्यतीत भए पनि त्यसबाट राम्रै लाभ मिल्नेछ । पढाइ लेखाइमा सुधार आउने छ । यात्रागत कार्यमा सफलता प्राप्त मिल्ने छ ।
बृष
आर्थिक पक्ष सुदृढ रहने समय छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त होला । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु उचित होला । कतैबाट शुभ समाचार प्राप्त हुने योग छ ।
मिथुन
पराक्रम बढ्ने र नियमित कार्यमा पारिवारिक सहयोग प्राप्त हुने देखिन्छ । आजको दिन विशेष लाभदायी यात्राको सम्भावना छ, तर अनावश्यक भ्रमणबाट जोगिनु हितकर हुनेछ । खेलकुदसँग सम्बन्धित क्रियाकलापमा सरिक भइएला । कामधन्दाको चापले प्रेमी–प्रेमिकासंग तथा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन पैदा हुन सक्छ ।
कर्कट
परिणाममुखी काममा लगानीको समय छ । कर्मबल वृद्धिका साथै साथीभाइको पनि सहयोग प्राप्त हुनेछ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्नसक्ने समय रहेकाले बोली र ब्यवहारमा विशेष संयमताको जरुरत छ । नचिताएको स्थानबाट धनागमनको योग छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । रोकिएको काम बन्ने छ ।
सिंह
आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नरहन सक्छ, तर उत्साह उमङ्ग प्राप्तिको समय छ । स्वास्थ्य सबल रहला । नियमित काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्ने छ । उद्योग तथा व्यापारमा विशेष फाइदा हुने देखिन्छ । प्रतिस्पर्धी परास्त हुने छन् । भाग्यबल बढ्ने छ ।
कन्या
चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ, धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी मित्रसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ । पढाइलेखाइमा प्रगति हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । खर्च भने केही बढ्ने देखिन्छ ।
तुला
सहयोगीले साथ दिनाले काममा सोचेजस्तै सफलता मिल्ने समय छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नुपर्ला । आरोग्यबल बढ्ने छ । खानपानको आनन्द प्राप्त होला । साहसिक काममा आकर्षण बढ्ने छ । व्यवसायिक सफलताको योग छ ।
वृश्चिक
आजको दिन बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । रोकिएका काम बन्ने छन् । परोपकार तथा धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल हातपर्ला । आजको दिन कसैसँग सामान्य विवाद वा झगडा पनि हुन सक्छ, बोली र व्यवहारमा संयमिता अपनाउनु उचित हुनेछ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला ।
धनु
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आजको दिन शुभदायी रहला । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानी गर्न सक्ने छैनन् । प्रेमभाव बढ्ने छ । मिठो भोजन प्राप्तिले सुख बढ्ने छ । बौद्धिक एवम् रचनात्मक कार्य बन्ने छ ।
मकर
व्यस्तता केही बढे पनि उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने दिन छ । नियमकानुनले सथ दिनाले दायित्व निर्वाहमा विशेष सहजताको अनुभूति होला । आफूभन्दा वरिष्ठ व्यक्तित्वका साथमा अति सुमधुर सम्बन्ध रहने समय छ । बन्दव्यापारबाट फाइदा हुनेछ भने आर्थिक पक्ष सबल रहनेछ । तथापि गरगहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु आवश्यक छ, अन्यथा ठगीमा पर्ने योग छ ।
कुम्भ
आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्ने समय छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्ने देखिन्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी तथा व्यवसायसँग सम्बद्ध कुनै कार्यको ठोस परिणाम देखापर्नेछ । चुनौती झेल्दै बाधा व्यवधान पन्छाउन आज गरिएको प्रयास सफल हुनेछ ।
मीन
मान महत्व वृद्धि हुनुका साथै नयाँ काम र जिम्मेवारी हात पर्ने समय छ । अध्ययन तथा अध्यापन कार्यमा पनि राम्रै प्रगति होला । आर्थिक पक्ष सबल रहनेछ । स्वास्थ्यमा भने केही समस्या देखापर्ने सम्भावना छ । सबल स्वास्थ्यका लागि आहारबिहारमा ध्यान दिनु उचित होला । पाहुनाको खातिरदारीमा समय बित्नसक्ने योग छ ।