२१ आश्विन २०८२, मंगलवार

बलिउडलाई ‘सैयारा’ले सिकाएको १० सबक

saiyaara

१८ जुलाईमा जब फिल्म ‘सैयारा’ रिलिज भयो, तब यो फिल्म मात्र थिएन, यो एक ‘रिक्स’ र एक विद्रोह पनि थियो । अन्ततः ‘सैयारा’ बलिउडका लागि एक प्रकाशको रूपमा देखा पर्‍यो । न ‘स्टार पावर’ न ठूलो ‘प्रमोसन स्ट्रेटजी’ । यसका बाबजुद पनि फिल्मले बक्सअफिसमा सफलताको झन्डा गाड्न सफल भयो । यो फिल्मले भारतमा मात्र तीन सय करोडको आँकडा पार गरिसकेको छ ।

नयाँ अनुहारको साथमा मनबाट भनिएको एक इमानदार कथाले न केवल आलोचकलाई चुप गरायो, बरु कमाइमा पनि नयाँ-नयाँ कीर्तिमान बनायो । र, यसले बलिउड फिल्म उद्योगलाई राम्रो सबक पनि सिकाएको छ । ठूला स्टार र ठूलो बजेट बिना फिल्म चल्न सम्भव छैन भन्ने सङ्कीर्ण मानसिकतालाई ‘सैयारा’ले गलत सावित गर्दै बलिउडमा बनेका सबै धारणा र नियम तोडिदिएको छ ।

आउनुस् जानौं, ‘सैयारा’ले बलिउडलाई सिकाएको १० सबक कुन-कुन हो ?

१. प्रेम बिक्छ, यदि इमानदारीपूर्वक भनियो भने

वर्षौंदेखि बलिउडमा के भनिँदै आइएको छ भने ‘अब रोमान्स चल्दैन’ । तर, ‘सैयारा’ले सावित गरिदियो कि समस्या प्रेम वा रोमान्समा होइन, बरु त्यसको लापरबाही चत्रिणमा छ । ‘सैयारा’मा न कुनै घिसिपिटी दृश्य थियो, न चमक-धमकपूर्ण सेटहरु । यो एक वास्तविक, भावनात्मक र मनलाई छुने कथा थियो, जसले दर्शकको मन छोयो ।

२. स्टार पावर होइन, भावनासँग जोडिने प्रदर्शन चाहिन्छ

कोरोना महामारीपछि जहाँ ठूला स्टारका फिल्मले समेत हलमा भीड तान्न सकेका छैनन्, त्यहीँ ‘सैयारा’ले नयाँ अनुहारलाई अगाडि ल्याएर देखाइदिएको छ कि भावनासँग जोडिने प्रदर्शन नै फिल्मको सबैभन्दा ठूलो शक्ति हो । अहान पान्डे र अनीत पड्डाले आफ्नो अभिनयबाट दर्शकको मन जितेका छन्, बिना कुनै विरासत र बिना ठूलो ब्रान्डिङ ।

३. संगीत आजको दिनमा पनि सबैभन्दा ठूलो सुपरस्टार हो

हलमा प्रदर्शन हुनुभन्दा अगाडि नै ‘सैयारा’को संगीतले दर्शकलाई मोहित बनाइसकेको थियो । हरेक गीत फिल्मको कथामा एकीकृत भएका थिए, जुन मधुर र भावनात्मक छन् । यसले फेरि सावित गरिदियो कि राम्रो संगीतले सिर्फ प्रचार मात्र गर्दैन, त्यसले याद बनाउँछ ।

४. अन्डरडगको शक्ति नजरअन्दाज गर्नु हुँदैन

दर्शकले सिर्फ ‘सैयारा’लाई मात्र देखेनन्, त्यसलाई अपनाए । नयाँ कलाकारको इमानदारी, उनीहरुको एनर्जी र अथेन्टिकनेसले फिल्मलाई अझ प्रभावकारी बनायो ।

५. साना सहरले पनि बक्स अफिस चलाउन सक्छ

बलिउडमा यो मान्यता छ कि साना सहरमा सिर्फ मसाला फिल्म मात्र चल्छन् । तर, यो मान्यतालाई ‘सैयारा’ले तोडेको छ । लखनऊ, इन्दौर, जयपुर, सूरत जस्ता साना सहरहरुमा पनि यो फिल्मले अभूतपूर्व व्यापार गर्‍यो । जसले देखाउँछ कि भावनात्मक कथा कुनै सीमामा सीमित हुँदैन ।

६. ट्रेडको तर्क र दर्शकको तर्क

बलिउडका धेरै ट्रेड एनालिस्टहरुलाई प्रदर्शनअघि ‘सैयारा’ चल्दैन भन्ने लागेको थियो । तर, फिल्म ब्लकबस्टर भइदियो । यसले के देखाउँछ भने आजका दर्शक ट्रेडको इशारामा होइन, आफ्नो मन र डिजिटल सिग्नल्स (ट्रेलर, म्यूजिक, सामाजिक सञ्जाल)को आधारमा चल्छन् । नेपाली दर्शकको हकमा पनि यो लागू हुन्छ ।

७. बजेट होइन, कन्टेन्ट र माउथ पब्लिसिटीले फिल्म चलाउँछ

जहाँ आजकल फिल्ममा करोडौं खर्च गरिन्छ सिर्फ प्रचारमा, त्यहीँ ‘सैयारा’ले कन्टेन्ट र वर्ड-अफ-माउथबाट लोभलाग्दो हाइप बनायो । यसको आकर्षण प्राकृतिक थियो, त्यो नै ‘सैयारा’को सबैभन्दा ठूलो जित बन्यो ।

८. कन्टेन्ट नै किङ

ठूला स्टार, महंगो सेट र चकित पार्ने ट्विस्टले मात्र अब काम गर्दैन, यदि त्यसमा कुनै दम छैन भने । ‘सैयारा’ले कथालाई केन्द्रमा राख्यो र त्यही कन्टेन्टले दर्शकलाई हलसम्म आकर्षित गर्‍यो ।

९. केमेस्ट्री कास्ट हुँदैन, सिर्जना गरिन्छ

‘सैयारा’मा अहान र अनितको केमेस्ट्री हेर्नलायक थियो । यो केवल उनीहरुको लुक्सको कारणले मात्र थिएन, बरु उनीहरुको पात्रको वृद्धि, द्वन्द्व र सम्बन्धबाट जन्मिएको थियो । यो लेखन, निर्देशन र प्रदर्शनको चमत्कार थियो ।

१०. विश्वास चाहिन्छ, सूत्र होइन

‘सैयारा’ले परम्परागत सूत्र तोड्यो र दर्शकहरुमा विश्वास राख्यो । नयाँ कलाकार, पुरानो विधा, कम बजेट तर सत्य र आत्माले भरिएको कथा । यसैको परिणाम हो, ३ सय करोड र दर्शकहरूको माया ।

‘सैयारा’ सिर्फ सफलता मात्र होइन, एक ‘केस स्टडी’ पनि हो । यसले ट्रेडको सोचलाई चुनौती दियो, पुरानो नियम तोड्यो र एक नयाँ सिनेमायी बाटो देखायो । यदि बलिउडले माथिका १० कुरालाई आत्मसात गर्‍यो भने ‘सैयारा’ एउटा टर्निङ प्वाइन्ट हुनसक्छ ।

    सम्बन्धित समाचार...