४ कार्तिक २०८२, सोमबार

रियासाको लगानीमा नयाँ चलचित्र निर्देशन गर्दै पाँडे, बालेनको गीत

ART NEWS

अर्जुन घिमिरे (पाँडे)ले नयाँ चलचित्र निर्माणको तयारी गरेका छन् । यो चलचित्रलाई उनी आफैँले निर्देशन गर्ने भएका छन् ।

अर्जुन ले चलचित्रको नाम ‘झरी पछिको इन्द्रेणी’ राखेका छन् । याे सिनेमाको बुधबार मात्रै चलचित्र विकास बोर्डमा दर्ता गरि निर्माण इजाजत पत्र लिएको छ ।

अर्जुन आफैँले सिनेमाको कथा लेखेका छन् । चलचित्रमा दीपाश्री निरौला, निर्मल शर्मा, प्रियना आचार्य (मुन्नी)लगायत कलाकारको अभिनय रहनेछ । अर्जुन आफैँले पनि अभिनय गर्ने भएका छन् ।

चलचित्रमा लगानी रियासा दाहालको रहनेछ । उनी रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलकी श्रीमती हुन् ।

चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र सुजन चापागाईंको एकएकवटा गीत रहनेछ ।

चलचित्र साउन १५ बाट छायांकनमा जानेछ ।

यसअघि ‘लाज शरणम्’मा अर्जुन कार्यकारी निर्माता रहेका थिए भने कुमार कट्टेलले निर्देशन गरेका थिए । ‘लाज शरणम्’ ‘सक्किगोनी’ टिमले बनाएको चलचित्र थियो । तर, यो चलचित्रमा ‘सक्किगोनी’का धेरै कलाकार नहुने बताइएको छ ।

    सम्बन्धित समाचार...