Close Me
२९ माघ २०८१, मंगलवार

गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, भोलि बिहेको तयारी

FB IMG 1737012997376

लोकप्रिय गायिका मेलिना राईले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन्। उनी केही समयदेखि गुरुङ थरका युवकसँग प्रेममा रहेको बताइन्छ। इन्गेजमेन्टको खबर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो। मेलिनाका आफन्त र उनका प्रेमीले तस्वीर र भिडियो सार्वजनिक गर्दै यो खुसीको क्षण सबैसँग बाँडेका छन्।

मेलिनाले इन्गेजमेन्ट गरेपछि भोलि नै विवाह गर्ने योजना रहेको जनाइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर र भिडियोमा उनीहरू एकअर्कासँग निकै खुशी देखिएका छन्। मेलिनाको प्रेमी हाल बेलायतमा बस्दै आएका छन्।

यसअघि मेलिनाले इन्गेजमेन्ट गरे पनि त्यो सम्बन्ध टिक्न सकेको थिएन। तर, यस पटक मेलिनाले छोटो समयको प्रेमलाई बिहेमा परिणत गर्ने निर्णय गरेकी छिन्।

मेलिनाको इन्गेजमेन्टको खबरले उनका प्रशंसकहरू खुशी भएका छन्। सामाजिक सञ्जालमा उनीहरूका लागि शुभकामना दिनेहरूको भीड लागेको छ। गायिका मेलिनाको जीवनको यो नयाँ सुरुवात सफल होस् भन्ने कामना उनका समर्थकहरूले गरिरहेका छन्।

यो जोडीको बिहे समारोह पारिवारिक र नजिकका साथीहरूको बीचमा हुने अनुमान गरिएको छ। मेलिनाका तर्फबाट भने औपचारिक प्रतिक्रिया आएको छैन।

    सम्बन्धित समाचार...