Close Me
२९ माघ २०८१, मंगलवार

बैतडीमा ४.६ म्याग्निच्यूडको भूकम्प

earthquake

बैतडीमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि आइतबार बिहान कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५:०९ बजे गएको हो।

त्यसअघि शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको थियो। केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा नौ वटा भूकम्प गएका छन् ।

    सम्बन्धित समाचार...