१८ बैशाख २०८२, बिहीबार

सन् २०२४ मा सबैभन्दा लोकप्रिय चलचित्र बन्यो ‘पूर्णबहादुरको सारंगी’

purna badhur

चलचित्र ‘पूर्णबहादुरको सारंगी’ सन् २०२४ मा सबैभन्दा लोकप्रिय नेपाली सिनेमा बनेको छ । इन्टरनेट मूभी डेटाबेस (आइएमडीबी) का अनुसार १० मा कूल ८.६ रेटिङ पाउँदै ‘पूर्णबहादुरको सारंगी’ लोकप्रिय घोषित भएको हो ।

उक्त संस्थाले पेज भिजिटर र रेटिङको आधारमा उत्कृष्ट चलचित्रको सूची तयार पार्छ । सन् २०२४ मा प्राप्त पेज भिजिटरले दिएको रेटिङ अनुसार ‘पूर्णबहादुरको सारंगी’ सूचीको शीर्ष स्थानमा पर्न सफल भएको हो ।

उक्त सूचीको दोस्रो स्थानमा मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ परेको छ । यो सिनेमाले ७.१ रेटिङ पाएको छ । ‘बेहुली फ्रम मेघौली’ ८.१ रेटिङ पाएको छ तर यसको पेज भिटिजर संख्या कम भएकाले तेस्रो स्थानमा परेको छ ।

चौथो लोकप्रिय चलचित्रका रुपमा ‘१२ गाउँ’ परेको छ भने क्रमशः पाँचौँ स्थानमा ‘बोक्सीको घर’, छैटौंमा ‘खुस्मा’, सातौंमा ‘छक्कापञ्जा ५’, आठौंमा ‘पूजा, सर’, नवौंमा ‘घरज्वाइँ’, दशौंमा ‘पूजार सार्की’ छन् ।