फाइल फोटो
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र एमालेविरुद्ध गिरोह नै लागिरहेको बताएका छन् ।
शुक्रबार आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको गिरोह आफू र एमालेविरुद्ध लागिरहेको बताएका हुन् ।
‘अहिले हामीविरुद्ध कु–प्रचार गर्ने सबै काम माओवादीहरूको नेतृत्वमा भइरहेको छ । नराम्रा कामहरुजति प्रचण्ड महोदयले नेतृत्व गरिहनु भएको छ, उहाँहरूको गिरोह सक्रिय छ,’– ओलीले भने ।
साथै, प्रधानमन्त्री ओलीले आफू र एमालेविरुद्धका सबै आरोपहरु परास्त गरेर अगाडि बढ्ने पनि बताए ।