Close Me
२९ माघ २०८१, मंगलवार

शिखर धवन स्वदेश फर्किंदै, एनपीएलका बाँकी खेल नखेल्ने

IMG 20241208 065435

चर्चित भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)को बाँकी खेल नखेल्ने भएका छन् । कर्णाली याक्समा आबद्ध उनी स्वदेश फिर्ता हुने भएका हुन् ।

कर्णालीले धवनलाई चार खेलका लागि टोलीमा आबद्ध गराएको थियो । उनले सम्झौताअनुसार चार खेल खेलेर स्वदेश फर्किने भएका हुन् ।

एनपीएलमा चार खेल खेलेका शिखरले कूल १३६ रन बनाए । उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौँ गुर्खाजविरुद्ध अविजित ७२ रन बनाए । कर्णालीले चार खेलमध्ये दुईमा हार र दुईमा जित निकालेको छ ।