Close Me
१३ माघ २०८१, आईतवार

बयान सकिएपछि रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

rabi
फाइल फोटो

सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चितवनमा बयान लिने कार्य सकिएको छ ।

चितवन जिल्ला सरकारी वकील कार्यालयले मंगलबार र बुधबार दुई दिन लामिछानेको बयान लिएको थियो । लामिछाने विरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते उनी सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

चितवनमा बयान सकिएपछि लामिछानेलाई राति नै पोखरा पुर्‍याइएको छ ।

यसबीच लामिछाने विरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न बुधबार पर्सा जिल्ला अदालतले लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी सहित १४ जनालाई पक्राउ अनुमति दिएको पर्सा प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी दिनु भयो।

लामिछाने प्रबन्ध निर्देशक रहेका वेला उक्त सहकारीबाट करिब आठ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको तथ्य प्रहरीले फेला पारेको छ ।