Close Me
१३ माघ २०८१, आईतवार

रवि लामिछानेलाई सरकारले मानसिक तनाव दिने काम गरेको कमल थापाको आरोप

Kamal Thapa
फाइल फोटो

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले रवि लामिछानेलाई अनुसन्धानको नाममा नयाँ नयाँ आरोप थप्दै लगेकोमा असहमति जनाएका छन् । उनले अनुसन्धानमा रहेका रविबारे दोषी वा निर्दोषको फैसला अदालत र कानूनले गर्ने भन्दै त्यसमा आफ्नो कुनै टिप्पणी नभएको बताएका छन् ।

उनले अपराधीले उन्मुक्ति पाउन नहुनेपनि बताएका छन् । तर, अनावश्यक ढंगबाट अनुसन्धान लम्ब्याउने, नयाँ नयाँ आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियतमाथि प्रश्न खडा भएको टिप्पणी गरेका छन् । उनले लामिछानेमाथि यथाशिघ्र अनुसन्धान टुँग्याई अदालतमा बुझाउन आग्रह गरेका छन् ।

थापाले फेशुबकमा लेखेका छन्-

रवि,छवि,दुर्गा प्रहरी अनुसन्धानमा छन्।निर्दोष वा दोषी फैसला अदालत र कानुनले गर्छ।मेरो कुनै टिप्पणी छैन।अपराधीले उन्मुक्ति पाउनु हुंदैन।तर, अनाबश्यक ढंगबाट अनुसन्धान लम्ब्याउने,नयां नयां आरोप थप्दै लाने र एकप्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडाभएको छ। याशिघ्र अनुसन्धान टुंगाई अदालतमा बुझाउन आग्रह गर्दछु।