Close Me
१३ माघ २०८१, आईतवार

ऐन महरको जाहेरीमा पक्राउ परिन् रश्मिला धामी, अदालत परिसरमा विष सेवन गरेपछि अस्पताल लगियो

Rashmila dhami

नेकपा एमालेका नेता ऐन महरको जाहेरीपछि रश्मिला धामी पक्राउ परेकी छन् । एमाले निकट अखिलकी पूर्व नेतृ रहेकी धामी आज उच्च अदालत पाटन परिसरबाट पक्राउ परेकी हुन् ।

धामीमाथि आपराधीक लाभ लिएको भन्दै उजुरी परेको थियो । उनले आफूलाई हनी ट्यापमा पारेर रकम असुलेको भन्दै अखिलका पूर्व अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य महरले जाहेरी दिएका थिए । धामीविरुद्ध गत वैशाखमा पक्राउ पूर्जी जारी भएको थियो ।

बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली उनलाई पक्राउ गर्न उच्च अदालत पाटन परिसर पुगेको थियो । प्रहरीको टोलीलाई देखेपछि उनले विषाधीजन्य पदार्थ सेवन गरेकी थिईन् । अहिले उनलाई अल्का अस्पतालमा लगिएको स्रोतले जनाएको छ ।

    सम्बन्धित समाचार...