Close Me
३ माघ २०८१, बिहीबार

युक्रेनलाई रूस विरद्ध लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति

joe biden and zelensky
फाइल फोटो

अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिएको छ ।

एक अमेरिकी अधिकारीले नाम न छाप्ने सर्तमा द न्युयोर्क टाइम्स र द वासिङ्टन पोस्टको रिपोर्टलाई पुष्टि गर्दै युक्रेनले लामो समयदेखि माग गर्दै आएको नीति परिवर्तन उत्तर कोरियाले मस्कोको युद्ध प्रयासलाई सहयोग गर्न सेना तैनाथ गरेको प्रतिक्रियामा यो स्वीकृति आएको बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयदेखि वासिङ्टनबाट शक्तिशाली मिसाइल प्रणाली प्रयोग गर्ने अधिकारका लागि आग्रह गर्दै आएका थिए । क्रेमलिनबाट भने यो समाचारमा बारेमा तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

रया नोभोस्ती एजेन्सीले रूसी तल्लो सदन (डुमा)को रक्षा समितिका प्रमुख आन्द्रेई कार्तापोलोभलाई उद्धृत गर्दै युक्रेनमा कुनै पनि कुराले अपरेसनको मार्ग परिवर्तन नगर्ने जनाएको छ ।

उत्तर कोरियाली सेनाको युद्धमा प्रवेश तथा आइतबारको ठूलो रूसी मिसाइल आक्रमणको सन्दर्भमा राष्ट्रपति बाइडेनले (रूसी राष्ट्रपति) पुटिनले बुझ्ने भाषामा प्रतिक्रिया दिएको विदेश मन्त्री रादोस्ला सिकोर्स्कीले एक्स मार्फत जनाएको छ ।

आक्रमणको सिकार भएकोलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको उनले बताएको छ । युक्रेन युद्धमा आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको चीनले शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ ।

“प्रारम्भिक युद्धविराम र राजनीतिक समाधानले सबै पक्षको हितमा काम गर्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित ब्रीफिंगमा बताएको छ ।

आइतवार साँझको सम्बोधनमा जेलेन्स्कीको प्रतिक्रिया मौन रहेको जनाइएको छ ।

जाडो नजिकिँदै जाँदा बिजुली कटौती तथा ११ जना सर्वसाधारणको ज्यान लिने आक्रमण र पहिले नै नाजुक ऊर्जालाई थप क्षति पुर्याउने ठूलो आक्रमण गरेपछि युक्रेनले सोमबारदेखि देशव्यापी आपतकालीन बिजुली प्रतिबन्धको घोषणा गरेको केही समय पछि बाइडेनको यस्तो स्वीकृति आएको हो ।

उत्तरपूर्वी सहर सुमीमा आइतबार साँझ भएको अर्को आक्रमणमा दुई बालकसहित दश जनाको मृत्यु भएको छ ।

रूसको यो कार्यले द्रुतरुपमा अन्तर्राष्ट्रिय निन्दा बटुलि रहेको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले “ऊर्जा र महत्वपूर्ण नागरिक पूर्वाधार” लाई लक्षित गरी गरेको आक्रमणको निन्दा गरेको उनका प्रवक्ता स्टेफन डुजारिकले एक विज्ञप्ति मार्फत जनाएको छ ।

युरोपियन युनियनकी प्रमुख उर्सुला भोन डेर लेयनले ब्राजिलको ग्लोबो न्यूजमा टिप्पणी गर्दै पावर ग्रिडमा भएको आक्रमण “भयानक” भएको बताएको छ ।

मस्कोले किभका साथै देशको दक्षिणी, मध्य र सुदूर पश्चिमी कुनाहरूलाई लक्षित गर्दै १२० मिसाइल तथा लगभग सय ड्रोन प्रक्षेपण गरेको बताएको छ ।

मस्को युक्रेनको पूर्वमा लगातार अगाडि बढिरहेका अवस्थामा बाइडेनको घोषणा आएको छ भने ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमनले किभका लागि अमेरिकी समर्थनको भविष्यमा डर खडा गरेको छ ।

युद्धको तेस्रो जाडो अहिलेसम्म सबैभन्दा कठिन हुने धेरैलाई डर छ भने अघिल्ला रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा उत्पादन क्षमतालाई नष्ट गरिसकेको जेलेन्स्कीले बताएको छ ।

पश्चिम र युक्रेनका अनुसार हजारौँ उत्तर कोरियाली सैनिकहरू रसियामा छन् भने केही कुर्स्क क्षेत्रमा छन् ।

    सम्बन्धित समाचार...