Close Me
२९ मंसिर २०८१, शनिबार

मलाई ठग हो भनेर प्रचार गर्नु निन्दनीय छ, पूर्व श्रीमती ज्योतिलाई झिकाई अनुसन्धान गरियोस : धनराज गुरुङ

dhanraj gurung jyoti gurung

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफू भ्रष्टाचारविरुद्ध इमानदारीपूर्वक निरन्तर लड्दै आएको भएपनि त्यही विषय अहिले आफ्नो टाउकोमा थोपरेर आफ्नो राजनीतिक जीवन समाप्त पार्न खोजिएको दाबी गरेका छन् । उनले आफूलाई सहकारी ठग भनेर गरिएको टिकाटिप्पणीबारे आज एक विज्ञप्ती जारी गर्दै उक्त आरोपको खण्डन गरेका हुन् । उनले आफूले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिलेपनि छानिबन गर्नसक्ने सुझाएका छन् ।
उनले आफू नेपाल सरकारको कुनैपनि अनुसन्धान गर्ने निकायलाई अनुसन्धानमा सहयोग गर्न तयार रहेको पनि जानकारी गराएका छन् । उनले आफूजस्तो सादगी जीवन बिताउने, निष्ठाको राजनीति गर्ने र सुशासनको पक्षमा जीवनभर लडिरहेको कांग्रेसको इमानदार कार्यकर्तालाई दैनिकजसो सार्वजनिक कार्यक्रम र मिडियाहरुमा ठग हो, दोषी हो भनि कपोकल्पित प्रचार गर्नु निन्दनीय भएको उनको भनाई छ ।

उनले आफू शरिरमा एक थोपा रगत रहेसम्म भ्रष्टाचार, कुशासन र बेथितिका विरुद्ध लडिरहने प्रण गरेका छन् । उनले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङ जहाँ भएप्नि झिकाई अनुसन्धान गर्न माग गरेका छन् । सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गरिनुपर्ने उनको माग छ ।

यस्तो छ धनराजले जारी गरेको विज्ञप्ती

1000007348 1
1000007349
1000007350

    सम्बन्धित समाचार...