मानव तस्करीको आरोपमा लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई अदालतबाट अनुमति लिएर नै प्रहरीले आज पक्राउ गरेको हो ।
विराटनगरमा पक्राउ परेपनि उनलाई अनुसन्धानको लागि काठमाडौं ल्याईने भएको छ । एमालेले भने हिजोमात्रै अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिसकेको छ ।
अधिकारीको मानव तस्करीसँगको साँठगाँठ खुलिसकेको कुरा मिडियामा छ्याप्छ्याप्ती आईरहेको छ ।