Close Me
१३ माघ २०८१, आईतवार

धनराजकी पूर्वश्रीमती ज्योतिसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी

dhanraj gurung jyoti gurung

ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी भएको छ ।

ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ।

सहकारी ठगीको आरोप लागेकी ज्योति गुरुङ र ज्याति भण्डारीविरुद्ध रेड नोटिस जारी भएको हो । गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलको महासचिवालयबाट रेड नोटिस जारी भएको सीआईबीस्रोतले जानकारी दिएको छ ।

गुरुङमाथि मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । सोही सहकारीकी ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस जारी भएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ ।

ज्योति नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्व श्रीमती हुन् । सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ ।

मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।

    सम्बन्धित समाचार...