Close Me
१३ माघ २०८१, आईतवार

एएफसी च्याम्पियन्स लिगमा अल नासरको फराकिलो जित

Nassr2024 11 06 06 30

अल नासरले एएफसी च्याम्पियन्स लिग अन्तर्गत युएईको क्लब अल ऐनलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल ऐनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा टालिस्काले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डो र वेस्लीले एक एक गोल गरेका थिए । त्यस्तै अल ऐनका फाबियो राफेलले एक गोल आत्मघाती गोल गरेका थिए ।

त्यस्तै अल ऐनका लागि एक गोल अल नासरका बेन्टोले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि अल नासरको ४ खेलमा १० अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै अल ऐनको भने ४ खेलमा एक अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

    सम्बन्धित समाचार...