१४ बैशाख २०८१, शुक्रबार

ललितपुरमा ५ सहित बाग्मती प्रदेशमा १३ संक्रमित, सबैभन्दा धेरै संक्रमित कर्णाली प्रदेशमा

corona test

नेपालमा आज (सोमबार) ५८५६ पिसिआर टेस्ट भएकोमा थप १४४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ ।

सक्रीय संक्रमित संख्या ६६१३ रहेको छ ।

पछिल्लो २४ घण्टामा १,७०५ जना र आज सम्म १०,२९४ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा ३, भक्तपुरमा १ र ललितपुरमा ५ जना संक्रमित भेटिएका छन् ।

प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा सबैभन्दा धेरै ४६ जना, प्रदेश २ मा ४१ जना र सुदुर पश्चिम प्रदेशमा १६ जना संक्रमित भेटिएका छन । त्यसैगरी प्रदेश ५ मा १४ जना, बाग्मती प्रदेशमा १३ जना, गण्डकी प्रदेश्मा ८ र प्रदेश १ मा ६ जना संक्रमित भेटिएका छन ।