Close Me
२० मंसिर २०८१, बिहीबार

रास्वपाका सभापतिसहित नौ नेतामाथि कारबाही गर्न माग

swrnim wagle

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहित नौ जना नेतालाई कारबाही गर्न जाहेरी परेको छ ।

सिन्धुली घर भई काठमाडौँको आलोकनगर बस्ने युवराज सफलले अर्याल र वाग्लेसहित नौ जनालाई पक्राउ गरी कानूनी कारबाही गर्न प्रहरीमा जाहेरी दिएका हुन् ।

पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृह मन्त्रीसहेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध अन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गरेका हुन् ।

सफलले नेपाल सरकार ,नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा सांसदहरुलाई मुलुकी अपराध संहिता ,२०७४ को दफा (५० )को उपदफा(४)बमोजिम ३ बर्ष जेल सजाय र ३० हजार जरिवानाको माग गर्दै जिल्ला  प्रहरी परिसरमा जाहेरी पेश गरेका हुन् ।

जाहेरीमा उनले संसदीय छानबिन समितिले कारवाही गर्न सिफारिस गरेपछि प्रहरीले अदालतको आदेशमा गरेको कारवाहीप्रति अवरोध सिर्जना गर्न आन्दोलन गरिरहेको र कार्यकर्तालाई अनिवार्य उपस्थितिको लागि उर्दी समेत जारी गरेकोले सो कार्य मुलुकी अपराध संहिताविपरित भएको उल्लेख छ ।

1 1
2 1
3 1
4 1
5 1
6 1