Close Me
२० मंसिर २०८१, बिहीबार

मेयर साम्पाङ भन्छन्- म अदालतले बनाइदिएको मेयर होइन, धेरै रडाको नमच्चाउनू

harka dharan

मामा ससुरा वडाध्यक्षलाई कार्यवाहक छाडेर सपरिवार लन्डन पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अदालतको आदेशलाई समेत चुनौती दिएका छन् ।

फेसबुकमा स्टाटस र भिडिओमा उनले आफूलाई अदालतले नभई जनताले मेयर बनाएको बताएका छन् । कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले रडाको नमच्चाउनू भन्दै चेतावनी दिएका छन् ।

उच्च अदालत विराटनगरले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कावा दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।

आफूले नागरिकको मताधिकारका आधारमा वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको उनको जिकिर छ ।

उनको भनाइ छ, ‘मैले जसलाई अधिकार दिएको छु उही कार्यवाहाक हो । केही हल्ला नगर । मलाई कुनै अदालतले चुनेको होइन ! लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो ! म ५ वर्षसम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनुभएको हो ! मैले नागरिकले दिएको अधिकार दिएर ११ नं को अध्यक्षलाई कार्यवाहक छोडेको छु ! मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक ! केही हल्ला नगर !’

‘मुख छाड्नु नपरोस् ! धरानको विकासको लागि म दुई दिन यूके आउँदा बद्नाम गर्दै नबस है’, हर्कले लेखेका छन् ।

भिडिओमा बोल्दै उनले अदालतले स्टे अर्डर जारी भए पनि आफूले कार्यवाहक तोकेको व्यक्ति नै धरानको कार्यवाहक मेयर भएको दाबी गरेका छन् ।

    सम्बन्धित समाचार...