१४ बैशाख २०८१, शुक्रबार

बलिउड अभिनेता अनुपम खेरको परिवारलाई कोरोना संक्रमण

anupam kher mother 759

बलिउड अभिनेता अनुपम खेरको परिवारलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनकी आमा र परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो ।

अनुपमले ट्विट गर्दै आमा, भाइ, बाइ बुहारी र भतिजीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । अनुपमले आमा दुलारी, भाइ राजु, बुहारी रिमा र भतिजी वृन्दाको कोभिड–१९ परीक्षणको रिपोर्ट पोजिटिभ देखिएको बताए ।

उनीहरुलाई मुम्बईको कोकिलावेन अस्पतालमा भर्ना गरिएको पनि अनुपमले जानकारी दिएका छन्।

अनुपमले ट्वीटरमा लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजू र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । भने भारतको सबैभन्दा ठूलो मनोरञ्जन उद्योग बलिउडका हस्तीहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसअघि बलिउड अभिनेता अमिताभ बच्चनसहित अभिनेत्री ऐश्वर्या राय, उनकी छोरी र अभिनेता अभिषेक बच्चन पनि संक्रमित भइसकेका छन् । अमिताभ र अभिषेकले पनि ट्वीट गरेर आफूहरु संक्रमित भएको बताएका थिए। उनीहरुको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको छ। एजेन्सी