Close Me
१३ माघ २०८१, आईतवार

ओली नेतृत्वको सरकार बनेसँगै अर्थतन्त्रमा सकारात्मक सुधार आएको छ- महासचिव पोखरेल

shankar pokhrel
फाइल फोटो

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कांग्रेस–एमाले नेतृत्व सरकार गठन भएसँगै अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताएका छन् ।

दाङको तुलसिपुर– १६ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले दलहरु धेरै हुँदा सरकार अस्थिर भएको बताए । उनले स्थिर सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको बताए ।

यस्तै, पोखरेलले राजनीतिक अस्थिरता भएकै कारण कांग्रेससँग मिलेर एमालेले सरकार बनाएको स्पष्ट पारे । अब विकास र समृद्धिले गति लिन थालेकोले यो गति निरन्तर बढ्ने उनको दाबी छ । उनले देशको विकासको लागि सबै दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । 

तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १६ वडा कमिटी अध्यक्ष प्रेमलाल खत्रीको अध्यक्षता एवम् महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि पोखरेलले विकासमा जनताको प्रत्यक्ष सहभागिता भएमात्रै दिगोपन आउने बताए । उनले तीन तहकै सरकारबीच समन्वय र सहकार्यबाट जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने बताए ।

    सम्बन्धित समाचार...