
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफूले माओवादी पार्टी फुटाउने कुनै योजना नभएको दाबी गरेका छन्। उनले माओवादी फुट्दैछ भनेर प्रचार गर्नेहरुले नै पार्टी फुटाउन खोजेको आरोप लगाउँदै, आफू भने पार्टीलाई बलियो बनाउन लागिपरेको स्पष्ट पारे।
शर्माले पूर्व माओवादी घटक र नेकपा (एकीकृत समाजवादी)सँग एकता गर्ने सम्भावना रहेको बताउँदै, आफू पार्टीलाई सुदृढ बनाउने प्रयासमा रहेको बताए। साथै, उनले पार्टीलाई एकताबद्ध गर्न र नयाँ शक्ति सिर्जना गर्न पार्टीको नाम र लोगो परिवर्तनको प्रस्ताव राखेको पनि खुलासा गरे।
बिहीबार प्राइम टिभीसँगको अन्तर्वार्तामा शर्माले पार्टीको नाम र लोगो परिवर्तनको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गर्नुपर्ने कुनै कारण नभएको जिकिर गरे।
शर्माले आफूले पार्टी विभाजनको प्रयास गरेको भन्ने आरोपलाई खण्डन गर्दै, पार्टी अध्यक्ष प्रचण्डले समेत यस्तो दाबी अस्वीकार गरेको बताए। उनले पार्टीलाई विधिसम्मत ढंगले सुदृढ गर्नको लागि विभिन्न घटकहरूसँग एकताको पहल गरिरहेको पनि उल्लेख गरे। साथै, पार्टी नेतृत्व हत्याउने कुनै उद्देश्य नभएको र प्रचण्डलाई विस्थापित गर्ने सोच नरहेको स्पष्ट पारे।
यस्तै, शर्माले विचार र विधिको आधारमा पार्टीको संरचना बनाउनका लागि आफ्नो प्रस्ताव रहेको र यसले माओवादीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
शर्माले पूर्व माओवादी घटक र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता गरिने बताएका छन् । उनले पूर्व माओवादीहरुसँगको एकताको सम्भावना रहेको दाबी गरे ।
उनले आफूले अरु सबैलाई एकताबद्ध गर्नको लागि पनि माओवादी पार्टीको नाम र लोगो बदल्नको लागि प्रस्ताव गरेको खुलाए । सबै विचार मिल्नेसँग एकता गर्नको लागि पार्टीको नाम र लोगो बदल्ने प्रस्ताव राखेको उनले जिकिर गरे ।
पार्टी निर्माणको लागि आफूले राखेको प्रस्ताव अध्यक्ष प्रचण्डले नमान्नुपर्ने कुनै कारण नभएको उनको जिकिर छ । उनले आफूले पार्टी विभाजन गर्न लाग्यो भनेर गरिएको प्रचार स्वयम अध्यक्ष दाहालबाट खण्डन गरिएकोले अब थप बोल्नुपर्ने कारण नभएको सुनाए । उनले आफू माओवादीलाई बलियो बनाउनेगरि विभिन्न घटकसँग एकताको लागि लागिपरेको स्पष्ट पारे ।
उनले आफूले पार्टी नेतृत्व हत्याउन नखोजेको र अध्यक्ष प्रचण्डलाई विस्थापित गर्नपनि नचाहेको स्पष्टीकरण दिए । उनले विधिद्धारा पार्टी नेतृत्व ल्याउनुपर्ने प्रस्ताव राखेको बताए । उनले विचार र विधिसहितको संरचना बनाउनको लागि आफूले प्रस्ताव राखेको बताए ।