Close Me
२९ माघ २०८१, मंगलवार

अखिल क्रान्तिकारीको स्थगित अधिवेशन मंसिरमा हुने

Akhil 1.jpg 3

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववीयू(क्रान्तिकारी)को स्थगित २३ औं राष्ट्रिय अधिवेशन मंसिर २३ र २४ गते हुने भएको छ ।

उमेरहद विवादका कारण रोकिएको अधिवेशन मंसिर २३ र २४ गते हुने निर्णाय भएको हो । वीरबहादुर थापा अध्यक्ष रहेको ७ सदस्यीय अध्यक्षमण्डलले शनिवार विज्ञप्ती जारी गर्दै रोकिएको अधिवेशनको मिति तय भएको जानकारी गराएको हो । पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यही १० गते उद्घाटन गर्नुभएको अधिवेशन बन्दशत्रमा प्रवेश गरेसँगै विवाद भएको थियो ।

संगठनमा उमेर हद लगाउनु पर्ने विषयमा चर्को आवाज उठेपछि विवाद सुरु भएको थियो । बन्द शत्र अनिर्णित भइरहेका बेला देशभर परेको बाढी पहिरोलाई कारण देखाउँदै अधिवेशन बन्द शत्रबाट नै अनिश्चितकालका लागि स्थगित भएको थियो ।

शनिबार बसेको शीर्ष तहका पार्टीका नेता तथा विद्यार्थी नेताहरुबीच बन्द शत्रमा उत्पन्न विवाद मत विभाजनको आधारमा टुंगो लगाउने सहमति भएसँगै मिति समेत तय भएको इन्चार्ज हिमाल शर्माले बताउनुभयो ।

    सम्बन्धित समाचार...