Close Me
१२ माघ २०८१, शनिबार

५६ ठाउँमा रेड अलर्ट जारी भएको थियो तर पहिरो कहाँ जान्छ भनेको थिएन : प्रधानमन्त्री

kp oli 1 1

प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम पूर्वानुमान महाशाखाले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ-कहाँ जान्छ भन्ने स्पष्ट जानकारी नदिएको बताएका छन्।

सोमबार अमेरिकाबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले महाशाखाले रेड अलर्ट जारी गरेपनि सरकारले पूर्वतयारी किन गर्न सकेन भनेर प्रश्न गरेका थिए।

पत्रकारहरूले सरकारले मौसम विभागको चेतावनीको आधारमा पूर्वतयारी किन गर्न सकेन भन्ने प्रश्न सोध्दा प्रधानमन्त्री ओलीले भने, “रेड अलर्ट भनेको हो, तर कहाँ-कहाँ पहिरो जान्छ भनेको थिएन। पहिरो गएपछि मात्रै थाहा भयो।” उनले काठमाडौं उपत्यकामा भारी वर्षा र डुबानको सम्भावना कल्पना बाहिरको कुरा रहेको भन्दै वस्तुपरक ढंगले यस्ता प्राकृतिक विपत्तिलाई हेर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले उद्धार, राहत र पुनःस्थापनाका कामहरू अब प्रभावकारी ढंगले अघि बढ्ने आश्वासन पनि दिए।

जल तथा मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा भारीदेखि अति भारी वर्षा हुने चेतावनीसहित रेड अलर्ट जारी गरेको थियो। तर, गृह मन्त्रालयको रिपोर्टअनुसार, मुख्य राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा जनधनको थप क्षति भएको निष्कर्ष निकालिएको छ।